सिराहा – सिरहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि स्थानीय र सुरक्षा निकायको टोलीबीच तनाव उत्पन्न भएको छ।
गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारीसाधन स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका छन्। गृहमन्त्री सुदन गुरुङ मृतकको परिवारलाई भेट्न आउने कार्यक्रम थियो। त्यही भएर प्रदर्शन गरिएको हो।
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीवार औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेका छन्।





