सिरहा । सिरहाको गोलबजारमा बिहीबार बिहानदेखि दुई समूहबीच सुरु भएको झडप उग्र बन्दै जाँदा सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासनले दिउँसोदेखि कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु कार्यान्वयनका लागि नेपाली सेनासहितको सुरक्षा टोली परिचालन गरिएको छ।
प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि अवस्था झन् तनावग्रस्त बनेको छ। भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ।
यद्यपि, कर्फ्यु जारी रहे पनि प्रदर्शन र आगजनीका घटनाहरू पूर्ण रूपमा रोकिएका छैनन्। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ।





