सिरहा। मोटरसाइकल मर्मत गरेको पैसा नतिरेको विषयमा विवाद हुँदा सिरहामा दुई समूहबीच झडप भएको छ।सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा ६ चैत अपराह्न करिब ४:५० बजे भएको झडपमा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच सुरु भएको विवाद चर्किँदै गएपछि झडपको रूप लिएको हो।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा पुगेको टोलीले अवस्था नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कुटपिटमा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना घाइते भएका छन्। घाइते हुनेमा सलमान पक्षका ४० वर्षीया भुटनी खातुन, ३५ वर्षीय रहमद दफाली, ५८ वर्षीय इरफान मियाँ र २६ वर्षीय लालबाबु मियाँ रहेका छन्।त्यस्तै हासिम पक्षका १९ वर्षीय अरमान हुसेन र आरिफ दफाली घाइते भएका छन्।घाइतेमध्ये भुटनी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइतेहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।





