काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बिहीबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा पाण्डेले प्रमाणपत्र बुझाएका हुन् । भारतको राष्ट्रपति कार्यालयका अनुसार सोही समारोहमा ग्रीस र स्पेनका राजदूतले पनि ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

ADVERTISEMENT

पाण्डे मंगलबार नयाँ दिल्ली पुगेका थिए । जिम्मेवारी सम्हाल्न पुगेको करिब दुई दिनमै उनले ओहदाको प्रमाणपत्र बुझाउने अवसर पाएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला पाण्डेले छिटो प्रमाणपत्र बुझाउनुलाई कूटनीतिक तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री शाह आगामी नोभेम्बर २२ मा भारत भ्रमणमा जाने कार्यक्रम छ । भ्रमण नोभेम्बर २३ मा सम्पन्न हुनेछ ।