काठमाडौं । आज (कात्तिक १६ गते) देखि सरकारी कार्यालयको समय एक घण्टा घटाइएको छ । अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म तीन महिनाका लागि नयाँ कार्यालय समय लागू भएको हो । यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

ADVERTISEMENT

हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय घटाइएको हो । नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो अवधिमा सरकारी कार्यालय सातामा पाँच दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् ।

ADVERTISEMENT

यसअघि गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै सुरु गरिएको दुईदिने बिदाको व्यवस्था सरकारले निरन्तरता दिँदै आएको छ ।

यससँगै अब सरकारी कार्यालयमा साताको पाँच दिन र दैनिक सात घण्टा मात्रै सेवा प्रवाह हुनेछ ।