काठमाडौं । रुपन्देही कारागारले थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई अरुको भन्दा बढी सुविधा दिएको प्रस्ट पारेको छ ।

चार महिनादेखि थुनामा राखिएका रविका विषयमा विभिन्न टीकाटिप्पणी र मानव अधिकार आयोगको अनुगमनपछि दबाबमा परेको कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गर्दै रविलाई छुट्टै कोठामा राखेको, कोठामा छुट्टै शौचालयको समेत व्यवस्था गरेको बताएको छ ।

ADVERTISEMENT

‘यस कारागारमा विगत चार महिनादेखि सहकारी ठगी संगठित अपराध मुद्दामा थुनुवाको रुपमा रहनुभएका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्वित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको .अलग्यै एउटा कोठामा) राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ। उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराईएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ,’ कारागारले भनेको छ ।

ADVERTISEMENT

रविलाई न्यूनतम मानवीय सेवासु्विधासमेत नभएको भन्दै सरकारको आलोचना भइरहेको छ । कारागारमा प्रायः सबै कैदीबन्दी एउटै कोठामा राखिन्छन् । तर भैरहवा कारागारले रविलाई छुट्टै कोठामा राख्दै आएको छ ।

कुल २५० जना बन्दी राखे क्षमता रहेको कारागारमा हाल ६४० जना बन्दी छन्। कारागार प्रशासनले बिरामी बन्दीहरुको स्थानीय अस्पताल र चिकित्सकको सिफारिसमा आवश्यकताअनुसार स्थानान्तरणसमेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ ।

ADVERTISEMENT