काठमाडौं । विवादित व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि भट्टले उक्त आदेश बदरको माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

ADVERTISEMENT

सर्वोच्च अदालतले उनको निवेदनमाथिको प्रारम्भिक सुनुवाइका लागि आगामी सोमबार पेसी तोकेको छ। भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो।

ADVERTISEMENT

अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको सुनुवाइपछि विशेष अदालतले भट्टलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

अब विशेष अदालतको उक्त आदेश कानुनसम्मत भए–नभएको विषयमा सर्वोच्च अदालतले निर्णय गर्नेछ।

ADVERTISEMENT