काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुससम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको छ।

पछिल्लो चरणमा २०८२ पुस महिनाका स्वीकृत दाबीबापत दुई अर्ब चार करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम जम्मा गरिएको बोर्डले जनाएकोे छ। यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीहरूको भुक्तानी सम्पन्न भएको छ।

ADVERTISEMENT

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा निरन्तर अगाडि बढाइरहेको जनाएको छ।

ADVERTISEMENT

तर पनि सरकारी अस्पतालमा स्वास्थ्य बिमा गरेका सेवाग्राहीले निकै सास्ती खेप्नु परेको छ । निजी अस्पतालमा त असारदेखि नै स्वास्थ्य बिमा उपचार बन्द गरिएको छ । विगतमा स्वास्थ्य बिमामार्फत उपचार गराउँदै आएका विरामीले सो सेवा खोजे अस्पतालहरूले हाललाई स्थगन भएको जवाफ दिने गरेका छन् ।

सरकारी अस्पतालले समेत ठूला अप्रेसन र रोगमा दिइँदै आएको सेवा कटौती गरेको छ । अहिले एक लाखको बिमा गरेकालाई तीन भागमा बाँडेर उपचार सेवा दिने गरिएको छ ।

ADVERTISEMENT