काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको छ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै असार २ गते गोरखापत्रमा प्रकाशित आवेदन आह्वान रद्द गरिएको जनाएको हो।

ADVERTISEMENT

सूचनाअनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २२ बमोजिम लोक सेवा आयोगका अध्यक्ष वा अध्यक्षले तोकेको आयोगका सदस्यको संयोजकत्वमा गठन हुने सिफारिस समितिले आफ्नो कार्यविधि बनाई आफैं दरखास्त आह्वान गर्ने कानुनी व्यवस्था रहेको छ। यसअघि प्रकाशित सूचना उक्त व्यवस्थाअनुसार नभएको भन्दै मन्त्रालयले आवेदन प्रक्रिया रद्द गरेको जनाएको हो।