काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुन आज थप ५०० रुपैयाँ महँगिएको छ । यससँगै दुई दिनमा सुनको भाउ प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेको छ ।
आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।












