काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको बैठक साढे दुई घन्टा ढिलो गरी बसेको हो । सभामुख डीपी अर्यालले संसदको कारबाही अघि बढाउनेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए ।
गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले जवाफ दिन माग गर्दै आएका छन् । आज पनि सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन मागसहित विरोध जनाएका हुन् ।
त्यसपछि सभामुख अर्यालले विपक्षी दलहरूलाई बोल्न समय दिएका छन् । अहिले विपक्षी दलका सांसदहरूले धारणा राख्ने क्रम जारी छ ।




