काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बुधबार बस्ने भएको छ । संघीय संसद् सचिवालयको आह्वानमा दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने भएको हो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेले आज दिउँसो सर्वदलीय बैठक बस्ने जानकारी दिए । फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् । ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो ।

सरकारले चैत १९ गते प्रतिनिधिसभा बैठक बोलाएको छ । बिहीबार बस्ने संसद् बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।

ADVERTISEMENT