काठमाडौं । काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा परेकामध्ये काठमाडौंबाट ५२ जना, ललितपुरबाट ६ जना र भक्तपुरबाट ६ जना रहेका छन्।
यसै अवधिमा विभिन्न मुद्दाका २९ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा रहेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ।





