काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन्। मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम अधिकारीले यादव पक्राउ परेको पुष्टि गरेका छन्।

यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा पक्राउ गरिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार घटना २०८२ साल असारमा भएको थियो। त्यसबेला यादवले एसपी खड्कालाई फोन गरेर अपशब्द प्रयोग गर्दै ‘तराईमा लुट्न आएको लुटेरा’ भन्दै धम्की दिएको अडिओ सार्वजनिक भएको थियो।

ADVERTISEMENT

उक्त अडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले यादवको खोजी थालेको थियो। प्रहरीको खोजीपछि यादव फरार भएका थिए। लामो समयदेखि फरार रहेका यादवलाई अहिले पक्राउ गरिएको डीआईजी अधिकारीले जानकारी दिए।

प्रहरीलाई धम्की दिएको समयमा यादव जनता समाजवादी पार्टी (जसपा) का नेता रहेको बताइएको छ। उनी पछिल्लो समय नेकपामा प्रवेश गरेका हुन्। यादवमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT