काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला दुई हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।




