काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.१३ अंक घटेर २६००.७८ विन्दुमा झरेको छ।

१३ मध्ये ६ उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशत बढेको छ। लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

ADVERTISEMENT

नेप्से घटे पनि कारोबार रकम बढेको छ। बिहीबार चार अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६७ स्टकको ५३ हजार ४३२ पटकको कारोबारमा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँबराबरको धितोपत्र खरिदबिक्री भएको छ। ऋणपत्रको कारोबार बढेसँगै सेयर बजारमा रकम पनि बढ्न पुगेको हो।

ADVERTISEMENT

करिब ९० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ कारोबार भएको छ । करिब ७० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ किनबेच भएको छ। साढे २८ करोड रुपैयाँभन्दा बढीको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ कारोबार भएको छ।

शुक्रबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०.६६ प्रतिशत बढेको छ। कुमारी इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत बढेको छ भने कालंगा हाइड्रोको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।