काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेकोले छ ।

मंगलबार सुन तोलामा दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलामा चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ADVERTISEMENT

मंगलबार चाँदी तोलामा चार हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।