काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ४.६६ अंक अर्थात् ०.१८ प्रतिशतले बढेर २ हजार ५४२.७७ विन्दुमा बन्द भएको हो। अघिल्लो दिन नेप्से १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको थियो।
बिहीबार लगानीकर्ताले कुल ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन्। अघिल्लो दिन २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
यस दिन १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ४० हजार ६९२ पटक किनबेच भएका छन्। कुल ३४६ कम्पनी कारोबारमा सहभागी भए। कारोबार भएका कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
सबैभन्दा बढी मूल्य बढ्नेमा विन नेपाल लघुवित्त, चिर्ख्वा हाइड्रोपावर र आशा लघुवित्त रहेका छन्। त्यस्तै, सबैभन्दा बढी मूल्य घट्नेमा पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त र सेन्ट्रल फाइनान्स रहेका छन्।
उपसमूहतर्फ फाइनान्स, हाइड्रोपावर र निर्जीवन बिमा समूहका सूचक घटेका छन् भने बाँकी अधिकांश उपसमूहका सूचक बढेका छन्।






