काठमाडौं । यो साता शेयर बजार लगातार ओरालोमै बितेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट भाषण सार्वजनिक गरेदेखि लगातार ओरालो लाग्दै आएको शेयर बजार केही हप्ता मिश्रित देखिएको थियो । अर्थात् केही दिन बढ्ने र केही दिन घट्ने क्रम जारी थियो । तर यो साता भने शेयर बजार लगातार रातोमै बित्यो । जसका कारण शेयर बजार परिसूचक नेप्से २६ सय ४९ दशमलव ५१ बिन्दुमा सीमित हुन पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५७ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ ।

यो साता तीन सय ५९ वटा कम्पनीहरूको शेयर कारोबार भएको छ । जसअनुसार तीन लाख २२ हजार नौ सय ३० पटकको कारोबारमा चार करोड ३१ लाख ६४ हजार चार सय २७ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब एक करोड १४ लाख छ हजार चार सय ६९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताकै बराबर हो ।

गत साता तीन सय ५५ वटा कम्पनीहरूको शेयर कारोबार भएको थियो । जसअनुसार दुई लाख ४६ हजार छ सय ३४ पटकको कारोबारमा चार करोड ८४ लाख ८९ हजार छ सय २० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब चार करोड ७३ लाख तीन हजार ७० रुपैयाँ पुगेको थियो ।

ADVERTISEMENT

दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक एक दशमलव ४६ अंकले ओरालो लागेर दुई हजार सात सय दशमलव ६५ बिन्दुमा झरेको थियो भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १७ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ८० बिन्दुमा झरेको थियो। दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक २६ दशमलव १६ अंकले ओरालो लागेर दुई हजार छ सय ७४ दशमलव ४८ बिन्दुमा झरेको थियो भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले ओरालो लागेर चार सय ६१ दशमलव ४८ बिन्दुमा झरेको थियो। तेस्रो कारोबार दिन बुधबार पनि नेप्से परिसूचक १४ दशमलव ४५ अंकले ओरालो लागेर दुई हजार छ सय ६० दशमलव ०२ बिन्दुमा झरेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६० अंकले ओरालो लागेर चार सय ५८ दशमलव ८८ बिन्दुमा झरेको थियो। चौथो कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक आठ दशमलव ५० अंकले ओरालो लागेर दुई हजार छ सय ५१ दशमलव ५२ बिन्दुमा झरेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६४ अंकले ओरालो लागेर चार सय ५८ दशमलव २३ बिन्दुमा झरेको थियो। पाँचौँ कारोबार दिन शुक्रबार पनि नेप्से परिसूचक दुई अंकले ओरालो लागेर दुई हजार छ सय ४९ दशमलव ५१ बिन्दुमा झरेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५५ अंकले ओरालो लागेर चार सय ५७ दशमलव ६८ बिन्दुमा झरेको थियो।

ADVERTISEMENT

यो साता आखुखोला जलविद्युत कम्पनी लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी रकमको कारोबार भएको छ । शेयर कारोबार भएको सङ्ख्याका आधारमा पनि आखुखोला जलविद्युत कम्पनी, नेपाल पुनर्बीमा कम्पनी लगायतका कम्पनीहरू अगाडि देखिएका छन् । बजार पूँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

ADVERTISEMENT

दैनिक शेयर कारोबार तालिका

(श्रोत: नेपाल स्टक एक्सचेन्ज लिमिटेड)