काठमाडौँ-  नेपालस्थित अमेरिकी राजदूतावास कार्यबाहक राजदूतका रूपमा  मेगन बोल्डिनले कार्यभार सम्हाल्ने भएकी छन्।

यसअघि नियोग उपप्रमुख स्कट अर्बमले नै नेपालस्थित अमेरिकी दूतावासको नेतृत्व गर्दै आएकी थिइन्। मेगनले  केही महिनाका लागि कार्यवाहक अमेरिकी राजदूतका रूपमा नेपाल आएको अमेरिकी दूतावासले जानकारी दिएको छ।

ADVERTISEMENT

मेगनको नेतृत्वमा विपद्को प्रतिकार्यमा सघाउनुका साथै नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको मद्दतमाथि केन्द्रित हुँदै नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनर्लाभमा सहयोग गर्ने दूतावासको योजना छ। मेगन बोल्डिन ढाकास्थित अमेरिकी दूतावासबाट आएकी हुन्। त्यहाँ उनी सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन्।

ADVERTISEMENT

वरिष्ठ परराष्ट्र सेवाको करिअर सदस्य रहेकी मेगनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी व्यापक अनुभव छ, जसमा युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टर लगायतमा हासिल कार्य अनुभव पनि समाविष्ट छन्।

राहत तथा पुनर्लाभका प्रयासहरू जारी रहँदा नेपालमा उनको आगमनले नेपाल सरकार र साझेदारहरूसँग निकट रही काम गर्ने अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई दर्साउने दूतावासको सूचनामा उल्लेख छ।

ADVERTISEMENT