काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा घाइते भएका छन्। पार्टीका नेता सुदन किरातीले बिहीबार भएको दुर्घटनामा साम्पाङ घाइते भएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै किरातीले साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्। उनले साम्पाङ आफ्नो दैनिक कार्यमा पुनः सक्रिय रहेको पनि उल्लेख गरेका छन्।
किरातीले पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई धेरै चिन्ता नगर्न आग्रह गर्दै अध्यक्ष साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
दुर्घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।








