काठमाडौं। फिफा विश्वकपअन्तर्गत समूह चरणको खेलमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गर्दै आफ्नो उत्कृष्ट लय कायम राखेको छ। दक्षिण कोरियाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा १–० को जित निकाल्दै मेक्सिकोले महत्वपूर्ण तीन अंक हात पारेको हो।

यसअघि समूह ‘ए’ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको मेक्सिकोले दोस्रो खेलमा पनि जित निकाल्दै अंक तालिकामा ६ अंक पुर्‍याएको छ। लगातार दुई जितसँगै मेक्सिकोको नकआउट चरण प्रवेशको सम्भावना थप बलियो बनेको छ।

ADVERTISEMENT

आजै समूह ‘ए’ अन्तर्गत भएका अन्य खेलमा चेकिया र दक्षिण अफ्रिकाले बराबरी खेल्दै अंक बाँडेका छन्। यस्तै, क्यानडाले कतारमाथि ६–० को ऐतिहासिक जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ।

मेक्सिकोले समूह चरणमा लगातार सफलता हासिल गरेपछि समर्थकमाझ थप उत्साह छाएको छ।

ADVERTISEMENT