काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिल समूह विजेता बनेको छ।

मियामी स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका लागि भिनिसियस जुनियरले दुई तथा म्याथेस कुन्हाले एक गोल गरे। जितसँगै ब्राजिलले सात अंक जोड्दै समूहको शीर्ष स्थान सुरक्षित गर्दै नकआउट चरणमा स्थान बनाएको हो।

ब्राजिलले खेलको सातौँ मिनेटमै भिनिसियस जुनियरको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

ADVERTISEMENT

दोस्रो हाफमा पनि ब्राजिलले दबाब कायम राख्यो। खेलको ६०औँ मिनेटमा म्याथेस कुन्हाले गोल गर्दै ब्राजिललाई ३–० को सहज जित दिलाए।

ADVERTISEMENT

यो समूहबाट मोरक्को पनि सात अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। पराजित स्कटल्यान्ड भने तीन अंकमै सीमित रहँदा अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

ADVERTISEMENT

यता, समूह ‘बी’ अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा सहआयोजक क्यानडालाई २–१ ले हराउँदै स्विट्जरल्यान्ड पनि समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ।