काठमाडौँ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्ले बैठकले निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै अब गुरुङलाई सोही प्रतिवेदनका आधारमा क्लिन चिट दिएर गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री बालेन्द्र शाह बालेनको तयारी छ ।

ADVERTISEMENT

बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटीको नेतृत्व तथा व्यवस्थापनलाई व्यवस्थित गर्न विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ । स्वीकृतिप्राप्त गर्ने आयोजनामा तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना तथा तादी खोला जलविद्युत् आयोजना रहेका छन् ।

ADVERTISEMENT