काठमाडौं । सरकारले विस्थापित सुकुम्वासी परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रभावित परिवारलाई राहतस्वरूप उक्त रकम दिने निर्णय गरेको हो ।

सरकारले हालै काठमाडौं उपत्यकाका विभिन्न नदीकिनार क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान सञ्चालन गरेको थियो । डोजर प्रयोग गरेर बस्ती खाली गराइएपछि धेरै परिवार विस्थापित भएका थिए ।

ADVERTISEMENT

विस्थापित परिवारको बसोबास, खाद्यान्न तथा दैनिक जीवनयापनमा समस्या उत्पन्न भएपछि सरकारले अस्थायी राहतका रूपमा मासिक भत्ता दिने निर्णय गरेको जनाइएको छ ।

सरकारको निर्णयपछि केही राहत पुग्ने अपेक्षा गरिएको भए पनि दीर्घकालीन व्यवस्थापन र पुनःस्थापनाको विषय अझै चुनौतीपूर्ण रहेको सुकुम्वासीहरूले बताएका छन् ।

ADVERTISEMENT