काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, मसला तथा माछाका मूल्यमा विविधता देखिएको छ।

आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय गोलभेँडा ७० रुपैयाँ, आलु २५ देखि ४० रुपैयाँ तथा भारतीय सुकेको प्याज ४३ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

ADVERTISEMENT

हरियो तरकारीतर्फ स्थानीय काउली ८० रुपैयाँ, बन्दा ६० रुपैयाँ, गाजर १२० रुपैयाँ, भिन्डी ४५ रुपैयाँ र मटरकोसा २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

ADVERTISEMENT

च्याउमध्ये कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३५० रुपैयाँ तथा सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा २२० रुपैयाँ, अनार ४२० रुपैयाँ, कागती २२० रुपैयाँ, आँप १२० देखि १३० रुपैयाँ तथा लिची २५० देखि ३०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

ADVERTISEMENT

मसलातर्फ अदुवा १३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ तथा नेपाली लसुन १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

माछातर्फ ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ, छडी २५० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।