काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।

ADVERTISEMENT

पोखरा एभेन्जर्सले यस खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ। गत संस्करणमा ६ अंकसहित पाँचौँ स्थानमा रहेको पोखरा यसपटक जितसहित सुखद सुरुआत गर्न चाहन्छ।

ADVERTISEMENT

यता, लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स पहिलो जितको खोजीमा मैदान उत्रनेछ। सुदूरपश्चिम उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

त्यसैले आजको खेल सुदूरपश्चिमका लागि पुनरागमन गर्ने अवसर हुनेछ भने पोखरा प्रतियोगिताको पहिलो खेलमै जित निकाल्दै अंकतालिकामा बलियो सुरुआत गर्न चाहन्छ।