काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका करिब एक सय ठाउँमा चार घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
स्युचाटार र टेकु सबस्टेसनअन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिबार बिहान १० देखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना मातातीर्थले शुक्रबार जारी गरेको सूचनामा कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने उल्लेख छ ।
विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभीए प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजनाबाट १३२ केभीए स्युचाटार सवस्टेसनमा रहेको बसलाई सटडाउनमा राखी सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नतिसमेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।
सटडाउन अवधिमा काठमाडौं उपत्यकाभित्रका अन्य सबस्टेसनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्नसक्ने सूचनामा लेखिएको छ । साथै, मौसमको प्रतिकूलता रहेमा पूर्वनिर्धारित समय हेरफेर हुनसक्ने आयोजनाले जनाएको छ ।
शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने स्थानहरु
कुलेश्वर वितरण केन्द्र – सबस्टेसन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भु, सानो भर्याङ्ग, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भीमढुंगा, छत्रे देउराली, कलंकी, रविभवन, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुंगेअड्डा, नैकाप, सतुंगल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, रविभवन, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चस्मती, भगवानपाउ, कलंकी, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ्, सीता पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पसलगायतका स्थान ।
कीर्तिपुर वितरण केन्द्र – मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजंगल, आदिनाथ, भूतखेल, टौदह, त्रिवि परिसरलगायतका स्थान ।
रत्नपार्क वितरण केन्द्र – न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भीमसेनस्थान, लगन चोकलगायतका स्थान ।
पुल्चोक वितरण केन्द्र – बल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबीधारा, धोबीघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री, कुपण्डोललगायतका स्थान ।








