काठमाडौँ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै कानुनविद ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै अर्थ मन्त्रालयको जिम्मेवारी पुर्व अर्थसचिव रामेश्वर खनाललाई दिइएको छ ।