काठमाडौं । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता फलदायी रहेको बताएका छन्।

एक घण्टा लामो भेटवार्ता अत्यन्त उपयोगी र फलदायी रहेको बताउँदै उनले नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने कुरामा संवाद गरेको बताएका छन् ।

ADVERTISEMENT

भेटवार्ताका क्रममा दुवै पक्षले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोरहरू र सहज कनेक्टिभिटीमा केन्द्रित भएर प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्नेमा विश्वास लिएको रविले जानकाररी गराएका छन्।

ADVERTISEMENT

साथै, रास्वपाले नेपाल र भारतका जनताका लागि साझा समृद्धिको दिशामा यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न उत्सुकता व्यक्त गरेको पनि सभापति लामिछानेले जनाएका छन्।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो अर्थपूर्ण र सकारात्मक संवाद गर्न पाउँदा निकै खुसी लागेको छ। नेपाल र भारतले विगतका चुनौतीहरूलाई पछि पार्दै विकास र सहकार्यको नयाँ अध्याय सुरु गर्नुपर्छ भन्ने मेरो विश्वास छ। हाम्रो साझा संस्कृति, डिजिटल सहकार्य र सहज कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर दुवै देशबीच अझ बलियो विश्वास र साझेदारी निर्माण गर्न सकिन्छ। यसले नेपाल र भारतका नागरिकको साझा समृद्धिमा योगदान पुर्‍याउनेछ’ रविले भनेका छन् ।

ADVERTISEMENT