काठमाडौं । तीन महिनापछि एमाले अध्यक्ष केपी ओली सार्वजनिक कार्यक्रममा देखिने भएका छन् । ओली फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । ​

एमालेले सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक दुईदिने राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ । बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे सुरु हुने कार्यशालाको उद्घाटन ओलीले गर्नेछन् ।

ADVERTISEMENT

पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

​कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहने छ ।

​कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल अभिमुखीकरण हुने बताइएको छ ।