काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा महत्वपूर्ण भेटवार्ता भएको छ।बिहान करिब ११ बजेदेखि सुरु भएको भेट करिब तीन घण्टासम्म चलेको बालुवाटार स्रोतले जनाएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था र विशेषगरी आगामी निर्वाचनका विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ।
स्रोतका अनुसार छलफलका क्रममा एमाले अध्यक्ष ओलीले पार्टी तोकिएकै समयभित्र निर्वाचन हुनुपर्ने पक्षमा दृढ रहेको र त्यसका लागि आवश्यक तयारीमा रहेको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
भेटवार्तामा दुवै नेताबीच आपसी समझदारी र सहकार्यका विषयमा समेत कुराकानी भएको जनाइएको छ।ओलीले चुनावमा शान्ति सुरक्षामा सरकारले विशेष सजकता अपनाउनु पर्नेमा प्रधानमन्त्रिलाई ध्यानाकर्षण गराएका थिए।




