काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकका लागि आठवटा एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले आठ एजेन्डा तय गरेको हो ।
एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ ।
यस्तै, प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन, जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट भग्नावषेश भएका केन्द्रीय कार्यालयलगायतका मुलुकभरका विभिन्न कार्यालयहरूको पुनः निर्माण, ।मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माण, कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा र विविध छन् ।
शेरबहादुर देउवाले २८ असोजदेखि कार्यवाहक सभापतिमा खड्कालाई तोकेको हुँदा उनको अध्यक्षतामा पहिलोपटक केन्द्रीय समितिको बैठक सुरु भएको हो ।








