काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.२१ अंक बढेर २७७७.५८ विन्दुमा पुगेको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत बढेको छ। अन्य उपसमुहको परिसूचक करिब चार प्रतिशत बढेको छ । व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको छ।

ADVERTISEMENT

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार पाँच अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४६ स्टकको ६१ हजार ५२७ पटकको कारोबारमा पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँबराबरको एक करोड १३ लाख ८५ हजार कित्ता सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

आज पनि आँखु खोला जलविद्युत कम्पनीको ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको साढे २६ करोड रुपैयाँ र रिडी पावर कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।

मंगलबार कालिन्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ६४ रुपैयाँ ९० पैसा बढेर ४९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य साढे १० प्रतिशत बढेको छ।

ADVERTISEMENT