काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंक घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.५४ अंक घटेर २६३५.०० विन्दुमा झरेको छ।
नेप्से घटे पनि आज कारोबार रकम बढेको छ। गत बिहीबार चार अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३३ स्टकको ७८ हजार ८०८ पटकको कारोबारमा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँबराबरको एक करोड २३ लाख नौ हजार कित्ता सेरयर खरिदबिक्री भएको छ।
सोमबार एसवाई प्यानल नेपाल कम्पनीको ४२ करोड २२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।
आज एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । सिटिजन्स म्युचुअल फण्ड ३ को इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयरमूल्य यस दिन ४.२५ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। विकास बैंक, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ ।






