काठमाडौं । आगामी आर्थिक बर्ष ०८३–८४ मा रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटमा रासायनिक मल आपूर्तीको क्यालेण्डर तयार गरेर मुख्य बालीको समयमा अभाव नहुने गरी मल बितरण गर्ने कार्ययोजना पनि बनाइने उल्लेख छ ।

ADVERTISEMENT

कृृषि मन्त्रालयले प्रस्ताव गरेभन्दा बजेटमा धेरै रकम राखिएको छ । कृषि मन्त्रालयले रासायनिक मलका लागि २८ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको थियो ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका लागि दुई अर्ब ७३ करोड बिनियोजन गरिएको छ । सिराहा र सप्तरीमा आँप प्रशोधन केन्द्र र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र निर्माण गरिने भएको छ ।

ADVERTISEMENT

प्रांगारिक मल उत्पादनका लागि ३६ करोड विनियोजन गरिएको छ । ग्रीन युरिया उत्पादनका लागि विद्युत प्राधिकरण र निजी क्षेत्रको सहयोगमा कारखाना स्थापनाको कार्ययोजना पनि बनाइएको छ । ग्रीन युरिया कारखाना खोल्न चाहने निजी क्षेत्रलाई बिजुलीको महशुलमा छुट दिइने पनि उल्लेख छ ।