काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३–८४ को बजेट पेस गरेका छन् ।
उनले करको दरमा व्यापक पुनरावलोकन गरेको बताएका छन् । वाग्लेले व्यक्तिका लागि कर छुटको सीमा १० लाख तोकेको घोषणा गरेका छन् । विगतमा यो पाँच लाख थियो ।
उद्यम व्यवसायलाई राहत दिन करको दर वृहत पुनरावलोकन गरेको उनको भनाइ छ ।
औद्योगिक कच्चा पदार्थको भन्सार तयारी वस्तुको तुलनामा एक तह न्यून हुने गरी भन्सार महसुल घटाएको छ । ३६० वस्तुमा लागेको अन्तशुल्क खारेज भएको छ ।





