काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयद्वारा गठित नाम सिफारिस समितिले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट प्राधिकरणको अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो।

ADVERTISEMENT

‘प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले सात दिन (यही जेठ १९ गते) भित्र व्यक्तिगत विवरण पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

ADVERTISEMENT

अघिल्लो सरकारका पालामा नियुक्त राजनीतिक पदाधिकारीहरू सरकारले हालै जारी गरेको अध्यादेशबाट बर्खास्त भएपछि बीमा प्राधिकरणसहित सयौ सरकारी निकायमा पद रिक्त छ ।

ADVERTISEMENT