काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको मधेस प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेशसभामा भएको मतदानमा विश्वासको मतको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको सभामुख राम अशिष यादवले जानकारी दिए । बैठकमा कुल १०० जना सांसद उपस्थित रहेका थिए ।

ADVERTISEMENT

सभामुख यादवले मुख्यमन्त्रीले प्राप्त गरेको समर्थन प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।

गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो ।