काठमाडौं । सरकारले जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अज्हा) को अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको बकर इद जेठ १४ गते परेकाले उक्त दिन नेपालभर सार्वजनिक बिदा रहने छ। विगतको निर्णयलाई आधार मान्दै गृह मन्त्रालयले २०८२ कात्तिक १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै बकर इदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्पष्ट पारेको छ।

ADVERTISEMENT

सोही व्यवस्था र परम्पराअनुसार यस वर्ष मुस्लिम आयोगबाट जेठ १४ गते बिहीबारका दिन बकर इद परेको आधिकारिक जानकारी प्राप्त भएपछि बिदाको सूचना जारी गरेको मन्त्रालयले जनाएको छ ।

यससँगै पछिल्लो साता लगातार चार दिन सार्वजनिक बिदा परेको छ । जेठ १५ गते (शुक्रबार) गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आइतबार परेकाले चार दिनसम्म बिदा हुने भएको छ । यसबाट सरकारी कर्मचारीलाई हाइसन्चाे हुने भएकाे छ ।

ADVERTISEMENT