काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

ADVERTISEMENT

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ ।

बैठकमा सुनसरी, मोरङ, सप्तरी, पर्सालगायतका जिल्लामा देखिएको साम्प्रदायिक प्रदर्शनका विषयमा छलफल हुने भएको छ ।

ADVERTISEMENT

बुधबारको मन्त्रिपरिषद् बैठकमा सुनसरीको देवानगन्जमा भएको हिन्दु र मुस्लिम विवादबारे कुनै छलफल नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बालेनले बिहीबार सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।