काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उनको भनाइ छ ।

ADVERTISEMENT

बैठकमा केन्द्रीय सदस्य २० जनालाई दुई मिनेटका दरले रिपोर्टिङको समय दिइने उनले बताए। विधान संशोधन, महाधिवेशन कार्यविधि मस्यौदा, प्रवासमा रहेका नेपालीलाई मतदाधिकार दिने, सचिवालय बैठकको निर्णय अनुमोदन, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान, केन्द्रीय समिति पदाधिकारी मनोनयनलगायतका सम्बन्ध बैठकका एजेन्डा तय भएका छन् ।

रास्वपा सचिवालय बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।

ADVERTISEMENT

बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने उनको भनाइ छ ।