काठमाडौं। गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै सर्वसाधारणसँग प्रत्यक्ष छलफल गरी उनीहरूको गुनासो सुन्न सुरु गरेका छन्। गाउँबाट काठमाडौं आएका नागरिकहरूले भोगेका समस्या र सरकारसँग राखेका अपेक्षा मन्त्रालयमा राखेका हुन्।

उनको सचिवालयका अनुसार नागरिकहरूले आफूले भोगेका पीडा, काम गर्दा शक्ति र पहुँचको भरमा पाएका समस्या र कठिनाइहरू सुनाएका छन्। छलफलमा सहभागी अधिकांश नागरिकले न्याय पाउन अझै कठिन भएको बताउँदै आफ्नो अनुभव शेयर गरेका थिए।
गृहमन्त्रीले यी गुनासोलाई गम्भीरतापूर्वक लिने र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी यो पहललाई निरन्तरता दिने दावी गरेका छन्। सहभागी नागरिकहरूले मन्त्रीसँग प्रत्यक्ष भेट पाउँदा खुसी व्यक्त गरेका थिए।








