काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ ।

निर्वाचन सकिएलगत्तै फागुन २५ गते सेयर कारोबार खुलेको दिन नेप्से झन्डै डेढ सय अंकले बढेको थियो । त्यस दिन तीनपटक सेयर बजारमा सर्किट लागेको थियो । आज १३ वटै उपसूचकको परिसूचक बढेको छ । सबभन्दा बढी उत्पादन तथा प्रशोधन १८३.६० अंकले बढ्यो ।

ADVERTISEMENT

बुधबार १२ अर्बभन्दा बढीको कारोबार भएकामा आज २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढेको र २२ वटाको घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावरको ६७ करोड र सेयर संख्याका आधारमा अपर तामाकोसीको २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्य सर्वाधिक बढेको छ ।

ADVERTISEMENT