काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतले पराजित गरेका हुन्।

खड्काले १४ हजार ८९७ मत प्राप्त गरेका छन् भने धामीले १४ हजार ११० मत पाएका छन्।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

मतगणना सम्पन्न भएसँगै खड्का डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।