काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
गौचनले कुल ३ हजार ३०७ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।
मुस्ताङबाट गौचनको जितसँगै नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पहिलो विजय दर्ता गरेको