काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.०३ अंक बढेर २६५४.९३ विन्दुमा पुगेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार चार अर्ब ४५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज भने ३३५ स्टकको ४४ हजार २०४ पटकको कारोबारमा चार अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको एक करोड ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

सबैभन्दा धेरै अपि पावर कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको २१ करोड र एसवाई प्यानल नेपालको साढे १५ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

ADVERTISEMENT

सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको सेयरमूल्य ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी र हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ।

ADVERTISEMENT