काठमाडौं । देश जति जति चुनावको सम्मुख पुग्दैछ रास्वपा सभापति रवि लामिछानेमा त्यति त्यति अहंकार चुलिँदो छ । रास्वपाका हरेक दिनका चुनावी सभामा रविले पार्टीका कुनै विचार र एजेन्डा सार्वजनिक गर्दैनन् । मात्र उनी अन्य दल र नेतालाई गालीगलौज गर्ने गर्छन् ।

उनी आफैं दर्जनौं विवादमा मुछिएका व्यक्ति हुन् । चारित्रिक र आर्थिक विचलनका आरोपी रविविरुद्ध अहिले पनि जिल्लादेखि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छन् । उनी अहिले पनि ५० प्रतिशत अभियुक्त हुन् । तर संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियुक्त रवि अरुलाई अपराधी देख्छन् । आफ्नो अनुहारको कालो दाग नहेर्ने रवि ठूल्ठूला सुशासनका गफ दिन्छन् । समाज र देशमा एउटा इज्जत र प्रतिष्ठा कमाइसकेका व्यक्तिमाथि अनेक लाञ्छना लगाउँछन् । तर पनि उनीसामु राज्य र सरकार मूकदर्शक बनेका छन् ।

ADVERTISEMENT

रविले मंगलबार झापा पुगेर एमाले अध्यक्ष केपी ओली र पूर्वसभामुख देवराज घिमिरेमाथि अमाचकारी गालीगलौज गरे । उनका अभिव्यक्ति हेर्ने र सुन्ने विद्वत् वर्गले लज्जित भएको महसुस गरेका छन् । लामिछानेले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै देश अन्धकारमा पार्नेको हिसाब हुने बताए । उनले प्रतिशोध नहुने, तर हिसाब हुने चेतावनी दिए । ‘छानबिन आयोगले काम गरेको छ रे । त्यसले रिपोर्ट बुझाउँदै छ रे । अक्षरशः पालना हुन्छ । प्रतिशोध हुँदैन, हिसाबचाहिँ हुन्छ,’ लामिछानेले भने, ‘वर्षौँसम्म यो देशलाई अन्धकारमा पारेर, राज्यका भित्ताभित्तामा पार्टीका कारिन्दा टाँसेर राज्यलाई कमजोर पार्नेको हिसाबचाहिँ हुन्छ । प्रतिशोध हुँदैन ।’ जबकि त्यही जाँचबुझ आयोगमा रविले नक्खु कारागार ब्रेक गरेको अभियोगमा तीन घन्टा बयान दिएका थिए । आयोगको नजरमा उनी पनि एउटा अभियुक्त हुन् ।

त्यति मात्र होइन, रविले निर्वाचन आचारसंहिताविपरीत अन्य दलका उम्मेदवारविरुद्ध अपमानजनक शब्द बोलेका छन् । प्रतिस्पर्धी दलका उम्मेदवारलाई भोट माग्न लाज लाग्दैन भनेर प्रश्न गरेका छन् । रविलाई यसरी अन्य दलका उम्मेदवारको मौलिक अधिकारमाथि प्रश्न गर्ने अधिकार कसले दियो । रविले जनताको आदे भन्दा पनि बाको आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसकेको बताए ।

ADVERTISEMENT

‘जनताको आदेश भन्दा र संसद्मा बाको आदेश ठुलो भयो,’ उनले भने, ‘दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्त्याएर उहाँले संघीय संसद् भित्रबाट निकाल्नु भयो । तर जनताको मनबाट निकाल्न सक्नु भएन् ।’ पूर्वसभामुख घिमिरेलाई लक्षित गर्दे उनले दलको आदेश सर्वपरी मानेर जनाताको आवाजलाई सदनबाट बन्द गर्ने मानिस आज कुन अनुहार लिएर भोट मागिरहनु भएको छ भन्दै प्रश्न गरे । ‘दलको आदेश सर्वपरी मानेर नेपाली जनताको आवाजलाई सदनबाट बन्द गर्ने र मानिस आज कुन अनुहार लिएर भोट मागिरहेको छन् मलाई थाहा छैन,’ उनले भने ।

उनले भिजिट भिसाको छानबिन गर्न माग गर्दै रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको बताए । ‘संसद् नियमावलीले स्पष्ट भन्छ, थुनामा नरहेको मान्छे मुद्दाको किनारा लागेको छैन । तर थुनामा छैन भने उसको सांसद पद निलम्बन हुँदैन भनेर । संसद् नियमावली १०० प्रतिशत संसद्ले सदर गरेको डकुमेन्ट हो । संसदका लागि बनाएको कानुन हो । त्यो सदर गरिएको डकुमेन्ट त्यही थियो’, उनले भने ।

आफूविरुद्ध गालीगलौजमा उत्रेपछि घिमिरेले रविलाई घृणा फैलाउने काम गरेको भन्दै आपत्ति जनाएका छन्। रविको टिप्पणीलगत्तै विज्ञप्ति जारी गर्दै घिमिरेले लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्ने भन्दै घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म नटिक्ने जवाफ फर्काएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ । माइक काट्नेरकाटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ ।’

झापा २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको उनले जानकारी गराएका छन्। ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईलाई जवाफ दिँदै म पनि भन्न सक्छु– आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।’