काठमाडौं । गरिमा विकास बैंकले माघ १ गतेदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ ।
आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ विकास बैंकको दीर्घकालिन रणनीतिअन्तर्गत गत कात्तिक २७ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानूनी प्रक्रियाहरु पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।
परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनिय बैकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।






