काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले आज औपचारिक रूपमा राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पौडेलले मुख्यसचिव पदबाट राजीनामा दिएका हुन्। यही माघ १ गते तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।






